लुम्बिनी

लुम्बिनी सरकारले प्रदेश सभामा पठाएको सञ्‍चारसम्बन्धी विधेयकप्रति प्रेस युनियनको आपत्‍ति

इकागज |
जेठ २९, २०७८ शनिबार ७:३० बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पठाएको सञ्‍चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा प्रेस युनियनले आपित्‍त जनाएको छ । लुम्बिनी प्रदेश संयोजक देवेन्द्र वर्माले विज्ञप्‍तिमार्फत सरकारले मिडिया र मिडियाकर्मीलाई कानुनी संरचना निर्माण गरेर नियन्‍त्रण गर्न खोजेको भन्‍दै आपत्‍ति जनाएका हुन् ।

युनियनले उक्त प्रस्ताव सदनबाट फिर्ता ल्याउन समेत माग गरेको छ । विधेयकमा गरिएका कतिपय व्‍यवस्‍था तत्काल नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ । सञ्चार मन्त्री भइसकेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले मिडिया व्यवस्थापनका नाममा चरम नियमनको डण्डा चलाउने मनसायले विधेयक ल्‍याएको विज्ञप्तिमा उल्‍लेख छ ।


‘हरेक खालका परिवर्तनकारी आन्दोलनमा साथ दिएका मिडिया र मिडियाकर्मीहरूमाथि समाचार प्रकाशित/प्रशारित गरेवापत जेल जानुपर्ने खालको कानुन निर्माणको भोग सरकारलाई कहाँबाट जाग्यो ?' विज्ञप्तिमा भनिएको छ,  त्यसैले जंगे शैलीको कानुनको अभ्यास गर्न सरकार उद्धत त रहेको छैन भन्ने प्रश्न यो विधेयकले उठाएकोले तत्काल यसलाई सदनबाट फर्काएर सदनबाट छलफल गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’

यो पनि 

प्रदेश प्रेस काउन्सिलको अध्यक्षमा मन्त्री
 


Author

थप समाचार
x