नेकपाका कारण मुलुक बर्बाद : महर
दाङ : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सत्तारुढ नेकपाको अन्तरकलहले मुलुकलाई बर्बादीको बाटोमा लगेको आरोप लगाएका छन् । कोभिड-१९ महामारीले मुलुक सामू गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्युनिकरणको दीर्घकालिन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको महरले बताए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महरले दाङमा सञ्चारकर्मीहरूसँग संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको जिकिर गरे । ‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर’ नेता महरले भने ‘झुटो नाराले भ्रम त छर्न सकिन्छ तर मुलुक चलाउन सकिदैन भन्ने पुष्टि भएको छ ।’ नागरिकहरूले सिटामोल नपाइरहेको बेलामा प्रधानमन्त्रीले मुलुकमा आमुल प्रगतिको भ्रम छर्नुभन्दा दुर्भाग्य के होला भन्ने प्रश्न महरले गरे ।
नेकपाको लज्जाष्पद राजनीतिक गतिविधिले नागरिकमा व्यवस्थाप्रति नै बितृष्णा फैलिरहेको महरले बताए । ‘सरकार असफल भएको कुरा कांग्रेस लगाएको आरोप मात्रै होइन, नेकपाकै दस्तावेजले पुष्टि गरेको छ । नेता महरले भने– कम्युनिष्टको असली चरित्र यही हो, यिनीहरुबाट देश बन्ने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया