प्रधानमन्त्री आउने भएपछि दार्मामा वैशाख २८ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)
फाइल फाेटाे
काठमाडौँ - सल्यानको दार्मा गाउँपालिकाले आउँदो वैशाख २८ गते सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दार्मा जाने भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले आज एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
'उक्त दिन गाउँपालिका मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ', विज्ञप्तिमा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया