लुम्बिनी

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

इकागज |
असार १, २०८१ शनिबार १८:२६ बजे

काठमाडौँ- लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । त्यस्तै उनले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।


आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको मन्त्री आचार्यले जानकारी दिए ।

त्यस्तै उनले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ८ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदानबाट रु ४ अर्ब १८ करोड, समपुरक अनुदानबाट रु ७९ करोड, विशेष अनुदानबाट रु ७४ करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु २ अर्ब परिचालन हुने अनुमान गरिएको बताए ।

 


Author

थप समाचार
x