Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

लुम्बिनी

लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेस

इकागज |
साउन ७, २०८१ सोमबार १६:१५ बजे

बुटवल- लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।

कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपरान्ह दाबी पेस गरिएको हो ।


यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि एमाले केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारिएको हो ।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।


Author

थप समाचार
x