Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

लुम्बिनी

उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि संसदीय दलको नेता गिरीले दिए राजीनामा

इकागज |
साउन ९, २०८१ बुधबार १०:४८ बजे

बुटवल- नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् ।

गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । गिरिले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै पार्टी राजीनामा दिएको बताएका छन् । 


कांग्रेसको सहयोगमा मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठन समेत गरेका छन् ।

र, यो पनि


Author

थप समाचार
x