लुम्बिनी

ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई कांग्रेसले मन्त्री बनाएको भन्दै आलोचना

इकागज |
साउन ९, २०८१ बुधबार १९:४३ बजे

काठमाडौं - नेपाली कांग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधबार कुर्मीले विनाविभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । 


बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको निर्मलाका परिवारको आरोप छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरू फेला परेको बताइएको छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ति हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको परिवारको दाबि छ ।

ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेको भन्दै अझ अहिले मन्त्रीनै बनेपछि सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ ।
 


Author

थप समाचार
x