लुम्बिनी

किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण

इकागज |
साउन ११, २०८१ शुक्रबार ७:५९ बजे

पाल्पा- जिल्लाको तानसेननगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए ।


कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी रु ४० लाख र मौरीजन्य सामग्रीका लागि रु २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ । उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो । 


Author

थप समाचार
x