लुम्बिनी

गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो(अपडेट)

इकागज |
मंसिर १२, २०७७ शुक्रबार १३:३१ बजे

बुटवल : गुल्मीको र्ईस्मा गाउँपालिकामा शुक्रबार बिहान जीप दुर्घटनामा घाइते भएका तीनमध्ये थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नम्बर ४ का १९ वर्षीय फर्सुराम थापा रहेको प्रहरीले जनाएको छ । यो सँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा घाइते भएका थापालाई उपचारको लागि गुल्मी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्यले जानकारी दिए । 
दुर्घटनामा घाइते ईस्मा गाउँपालिका ४ की वर्ष २८ की सरस्वती दर्लामी र वर्ष २६ का कमल धिताङको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको  छ ।


क्रबार बिहान सदरमुकाम तम्घासका लािग छुटेको लु १ ज ११६६ नम्बरको जीप ईस्मा गाउँपालिका ४ अन्र्तगत हुल नजिकै दुर्घटना हुँदा अन्य पाँच जनाको घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामापरि मृत्यु हुनेहरुमा ईस्मागाउँपालीका ४ वर्ष १९ का फर्सुराम थापा, वर्ष ६५ का डम्बर बहादुर धिताल, वर्ष ३३ का चित्र बहादुर दर्लामी, वर्ष ३० का बषन्त दर्लामी, वर्ष ३३ का धन बहादुर अछामी र मालीका गाउँपालीका ५ वर्ष ८० की सुन्दरी थापा र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले बताउनु भएको छ । 

दश जना यात्रुहरु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेक फेल भइ सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x