लुम्बिनी

माओवादी सत्ताको खेलमा छैन : उपमहासचिव पुन

इकागज |
भदौ ५, २०८१ बुधबार ६:४० बजे

फाइल तस्बिर

दाङ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन् । 

प्रेस सेन्टर दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताए ।


'हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ', उपमहासचिव पुनले भने,'त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ ।'

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उनको दाबी छ ।  

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने भन्दै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताए । 


Author

थप समाचार
x