लुम्बिनी

दाङमा जबरजस्ती करणी गरेको आरोपमा सार्की पक्राउ

इकागज |
भदौ २३, २०८१ आइतबार १२:४९ बजे

दाङ- दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x