Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

लुम्बिनी

एकल महिलालाई बेपत्ता पारेको आरोप लागेका लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

इकागज |
भदौ २६, २०८१ बुधबार ८:५५ बजे

बुटवल- लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।


कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौँमा आन्दोलन भइरहेको छ । 


Author

थप समाचार
x