लुम्बिनी

दाङमा करेन्ट लागेर बुढामगरको मृत्यु

इकागज |
असोज २, २०८१ बुधबार ६:५० बजे

दाङ- दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एंव  प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।  बुढामगरको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।



Author

थप समाचार
x