लुम्बिनी

तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री आचार्य

इकागज |
असोज ९, २०८१ बुधबार १७:२१ बजे

फाइल फाेटाे

काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् । 

जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धिखर्कमा बुधबार आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी हुनुपर्ने बताएका हुन् ।


यस्तै उनले विगतमा गरिएका कामको समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न आह्वान गरे । योजनाको समीक्षा नगरी अर्को योजना बनाउँदा सफलता नमिल्ने भन्दै उनले समीक्षाबाटै निकास खोज्न आह्वान गरे । उनले चालु आर्थिक बर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । ​

उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए । 


Author

थप समाचार
x