लुम्बिनी

काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एक जना पक्राउ

इकागज |
असोज २८, २०८१ सोमबार ७:३१ बजे

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । 

आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय  दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । 


चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


Author

थप समाचार
x