लुम्बिनी

प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

इकागज |
असोज ३०, २०८१ बुधबार १३:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको बताएका हुन् ।


अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको उनले बताए । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने समेत उनको भनाइ छ ।

कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको थियो भने प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजयीलाई पुरस्कृत समेत गरिएको थियो । 


Author

थप समाचार
x