Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

लुम्बिनी

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १३:८ बजे

दाङ- दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । 


घोराहीबाट तापातर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x