लुम्बिनी

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

इकागज |
कात्तिक ७, २०८१ बुधबार १७:५२ बजे

बुटवल - लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिश गरेका हुन् ।


गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

सिफारिस भएका नयाँ मन्त्रीमध्ये तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण मन्त्रालय र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नवनियुक्त मन्त्रीहरूको बिहीबार बिहान ८ बजे शपथ हुने बताइएको छ । 


Author

थप समाचार
x