लुम्बिनी

सिडिओ र उपप्रमुखले गरे प्लाज्मा दान

इकागज |
मंसिर १४, २०७७ आइतबार ८:३ बजे

नेपालगन्ज : कोरोनाविरुद्ध अग्रमोर्चामा खटिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् र नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले प्लाज्मा दान गरेका छन् । संक्रमितको उपचार, पीसीआर परीक्षण, आइसोलेसन वार्डको निर्माणदेखि शव व्यवस्थापनमा समेत प्रत्यक्ष संलग्न रहँदै आएका भएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ् र उपप्रमुख मगरले शुक्रवार कोरोनाका गम्भीर बिरामीका लागि प्लाज्मा दान गरेका हुन् ।

जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराइरहेका ८७ जना मध्ये ३९ जनाको अवस्था जटिल रहेकाले प्लाज्मा दिनहुँ आवश्यक भईरहेको छ । यसैगरी कोरोनाका गम्भीर प्रकृतिका एक बिरामीलाई नेपालगञ्जका कानुन व्यवसायी अधिवक्ता पूर्ण ढकालले शनिवार प्लाज्मा दान गरेका छन् ।


सामाजिक कार्यमा सधैं अग्रसर रहने पत्रकार पृष्ठभुमीका कानुन व्यवसायी ढकालले नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार केन्द्रमा प्लाज्मा दान गरेका हुन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहेका ए पोजिटिभ रक्त समूहका कोरोना संक्रमितका लागि आफुले प्लाज्मा दान गरेको ढकालले बताए ।


Author

थप समाचार
x