लुम्बिनी

रोल्पामा निर्माणाधिन झोलुङ्गे पुल भत्किदाँ पाँच जनाको मृत्यु

इकागज |
मंसिर १६, २०८१ आइतबार १३:५३ बजे

सांकेतिक तस्बिर

दाङ- रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा पाँच जनाको मृत्यु भएको छ ।

पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिँदा पाँच जनाको मृत्यु भएको हो  ।


प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । 

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x