प्रकृति लम्सालको अन्तिम संस्कार गरियो, ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

फाइल तस्बिर
भैरहवा (रुपन्देही)- भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । प्रकृतिलाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।
विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया