नारी दिवसमा इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान

भैरहवा - ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान महिला दिवसको अवसरमा एक जना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरूलाई दोसल्ला ओढाई, प्रमाणपत्र र खाद्यान्न समेत वितरण गरेको छ।
विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तित्वहरुको उपस्थिति नगरपालिकाले बिहान देवकोटा चोकबाट प्रभातफेरी र्याली निकाल्दै सिद्धार्थनगर नगरपालिकको प्रङ्गणमा आएर सम्पन्न भएको गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया