निवर्तमान प्रदेश प्रमुख यादवको विदाई
बुटवल- मंगलबार संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदाई गरेका हुन् । उनलाई खादा र मायाको चिनोसहित विदाई गरिएको हो ।
लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ । शेरचन सपथसँगै केही दिनमा लुम्बिनी आउने तयारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया