लुम्बिनीमा विपक्षी गठबन्धनको बैठक सकियो, अविश्वास प्रस्तावलगाएत आगामी रणनीतिबारे छलफल
काठमाडौँ - लुम्बिनीमा प्रदेशका विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावलगाएत आगामी रणनीतिका बारे छलफल भएको कांग्रेस प्रमुख सचेतक फकरुदिन खानले जानकारी दिए । खानले नयाँ बन्ने सरकारमा सहभागिताबारे पनि छलफल भएको जानकारी दिए ।
गठबन्धन बैठकपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठकसमेत बसेको छ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । आजकै बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावसमेत पेस हुने सम्भावना छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया