लुम्बिनी

लुम्‍बिनी प्रदेश सभा : विशेष अधिवेशन बैठकको कार्यसूची

कार्यपरामर्श समिति बैठक जरूरी भएन : संसद सचिवालय

इकागज |
साउन २७, २०७८ बुधबार १२:२३ बजे

फाइल तस्‍बिर

बुटवल - मुख्यमन्त्री शंकर पोख्रेलविरुद्व परेको अविस्वासको प्रस्तावमाथि छलफल गर्न लुम्‍बिनी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै छ । अविस्वासको प्रस्तावमाथिको छलफल गर्ने बैठकको कार्यसूची छ । 

प्रदेश प्रखुमबट कार्यसूची नै तोकेर पत्र आएकोले कार्यपरामर्श समितिको बैठक जरुरी नभएको संसद सचिवालयले  जनाएको छ । संसद सचिवालयका सचिव दुर्लभकुमार पुनले एउटा मात्रै कार्यसूची भएकोले कार्यपरामर्श समितिको बैठक जरुरी नभएको बताए । 'एउटै एजेण्डा छ, त्यसैले कार्यपरामर्श समितिकोबैठक चाहिएन,' उनले भने । तर सत्तारुढ एमालेका प्रमुख सचेतक भुमिस्वर ढकालले कार्यपरामर्श समितिको बैठक नै नबोलाइनु आपत्तिजनक भएको बताए ।



Author

थप समाचार
x