लुम्बिनी

लुम्‍बिनीमा आज नयाँ सरकार गठन हुँदै, माओवादीका केसी मुख्यमन्त्री बन्दै

सानो आकारको मन्त्रिमण्डल पनि आजै बन्‍ने

इकागज |
साउन २८, २०७८ बिहीबार ७:२४ बजे

बुटवल - शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्‍वान गरिसकेका छन् । 

बुधबार  सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्‍वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । विपक्षी गठवन्धनका दलहरू सरकार गठनको कसरतमा जुटेका छन् ।  


विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । सरकार गठनको दाबी गर्न आज प्रदेश प्रमुखसमक्ष जाने माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए । उनकाअनुसार उपधारा २ अनुशार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गरिनेछ । 

दिउँसो ३ बजेपछि केसी मुख्यमन्त्री हुने बरालले बताए । मुख्यमन्त्रीसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गठबन्धनको तयारी छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ ।  विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । 


Author

थप समाचार
x