चेम्बर अफ कमर्सको प्रदेश अध्यक्षमा पोखरेल निर्वाचित
बुटवल- चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् । प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनपछि चेम्बरको केन्द्रले पोखरेललाई अध्यक्ष मनोनित गरेको हो ।
उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिवमा जे. पी. कंडेल (रूपन्देही),कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया), यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही), जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित भएका छन् ।
यस्तै रुपन्देहीका मञ्जु पराजुली र शिव ज्ञवालीलाई मनोनित गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एक समारोहका विच सो साधारण सभाको उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया