सिमेन्ट उद्योगले स्वास्थ्य केन्द्र बनाउँदै
बुटवल : अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले रुपन्देहीमा स्थानीयका लागि स्वास्थ्य केन्द्र निर्माण गरिदिने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका २ मा स्वास्थ्य केन्द्र निर्माण थालेको हो ।
एक करोडको लागतमा मैनहियामा बन्ने उक्त स्वास्थ्य केन्द्रको सोमबार कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरे । निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ ।
उद्योगले स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । एक वर्ष भित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने उनले बताए । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया