माग पूरा नहुदाँसम्म संसद चल्न नदिने एमालेको पत्र
बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य तथा विना विभागीय मन्त्री अजय शाही र सांसद बिमला कुमारी वली खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने भएको छ । प्रदेशसभा सचिवालयलाई लिखित पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संबिधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने बताए ।
प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । जसका कारण आज बस्ने भनिएको वैठक पनि अनिश्चित भएको छ । सरकारले विश्वासको मत लिने कार्यसुची पनि अन्योलमा परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया