लुम्बिनी

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

इकागज |
भदौ १३, २०७८ आइतबार १८:५३ बजे

फाइल फोटो

बुटवल - लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन्। 

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । यादव कपिलवस्तुका हुन् भने भुसाल गुल्मीका हुन् । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। 
 



Author

थप समाचार
x