लुम्बिनी

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

इकागज |
भदौ १७, २०७८ बिहीबार ११:१५ बजे

फाइल तस्बिर

रुपन्देही- लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक-पटक स्थगन हुँदै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो । भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगन भएको थियो । 



Author

थप समाचार
x