लुम्बिनी

पाणिनी गाउँपालिका उपाध्यक्ष एकीकृत समाजवादीमा

इकागज |
भदौ २०, २०७८ आइतबार ११:५४ बजे

बुटवल - अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा  (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेकी छिन् । गौतमले जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको कार्यालयले जनाएको छ । उनी २०७४ सालको स्थानीय तहमा निर्वाचना नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

उनी सँगै पाणिनी गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल र सन्धिखर्क नगरपालिका–१ की वडा सदस्य शुमित्रा मुखियाले समाजवादीमा रहेको व्यहोरासहित सनाखत गरेका छन् । यस अघि पनि मालारानी गाउँपालिका–५ का वडा सदस्य डालबहादुर चौहानले सनाखत गरेका थिए ।एमालेका पुराना नेता मोदनाथ शास्त्रीहरूको स्कुलिङमा हुर्किएकी गौतम उनीहरूको परिवारकै प्रभावमा समाजवादीमा लागेको हुनसक्ने बताइएको छ । 



 


Author

थप समाचार
x