राजधानी बनाउन जग्गाका लागि सरकारले बनायो कार्यदल
बुटवल- लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयका सचिवको सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ । दाङको भालुवाङ क्षेत्रमा राजधानी तोकिएपनि सरकारी संरचना निमार्णले गति नलिएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
त्यसैले सरकारी कार्यदलले जग्गा प्राप्तीका लागि प्रक्रिया अघि बढाउने, विवादका विषयमा समाधान खोज्नेलगायतका काम गर्नेछ । यसअघि नै सरकारले शहरी विकास मन्त्री डिल्ली चौधरीको नेतृत्वको राजधानी निमार्ण समिति गठन गरिसकेको छ ।
यसैगरी सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर मेसुमा डा. इन्द्र ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको छ । बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर सो स्थानमा डा. इन्द्र ढकाललाई नियुक्त गरेको हो । हालका मेसु खनाललाई अर्को जिम्मेवारी दिएर डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिइएको सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले बताए । डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको प्रवक्ता खड्काले बताए ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकारलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । बैठकले लुम्बिनी प्रदेशको कृषि विकास सम्बन्धी रणनीतिको परिर्वतन गर्ने मस्यौदा तर्जुमा गरी पेश गर्न कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समेत प्रवक्ता खड्काले जानकारी दिए ।
प्रवक्ता खड्काका अनुसार बैठकले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) अनुसार यस भन्दा अगाडि १० लाख रुपैयाँ ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैयाँ प्रदान गर्न सकिने गरी संशोधन गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया