प्यूठानमा समाजवादीका चार जिल्ला नेता एमालेमा फर्किए
प्यूठान- नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार तथा प्यूठानका पुराना नेता शोभाराम भण्डारीलगायत नेताहरू नेकपा एमालेमा फर्किएका छन् । उनीहरूले शुक्रबार नेकपा एमालेको जिल्ला कार्यालय पुगेर पार्टीको संगठित सदस्यता नवीकरण गरेका छन् ।
समाजवादी बन्ने बेलामा समानान्तर कमिटीका जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारी नेकपा एमालेमा फर्किएको एमालेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया