एक सय वडामध्ये दाङमा एमालेका पाँच महिला वडाध्यक्ष
दाङ- दाङमा शनिबार भएको नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।
जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छिन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य छिन् ।
त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी छिन् । यस्तै घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छिन् ।
त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छिन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छिन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया