लुम्बिनी

शाही र वलीको विषयमा उठेका प्रश्‍न निरुपण नभएसम्म संसद चल्दैन: पोखरेल

इकागज |
कात्तिक २८, २०७८ आइतबार १७:१५ बजे

बुटवल- लुम्बिनी प्रदेश सभाका एमाले दलका नेता शंकर पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन् ।  

बुटवलमा आइतबार बसेको प्रदेशसभा बैठकमा उनले एमालेले कारवाही गरेका दुई सांसदका बिषयमा निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नसक्ने स्पष्ट पारेका हुन् । 


उनले कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाइ नभएको भन्दै सांसदका बिषयमा निर्णय गर्ने अधिकार आयोगलाई रहेको जिकिर गरे । पोखरेलले आफूहरुले उठाएको बिषयलाई प्रदेशसभाले गम्भीर रुपमा नलिएको आरोप पनि लगाए । उनले अहिले प्रदेश सरकारले बनाएको मन्त्रिपरिषद्मा एमालेका सांसदहरुलाई राखिएको तर्क गरे । प्रदेश सरकार र प्रदेशसभाले पनि कानुन बाहिर गएर काम गरेको भन्दै आफूहरुको असन्तुष्टि रहेको उनले बताए । 

सांसद शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको र पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताउदै आएका छन् । 

यसअघि पनि एमालेले निरन्तर प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको अर्को बैठक सोमबार बोलाइएको छ । 


Author

थप समाचार
x