स्याट्यास लेखेको ८ महिनापछि महेश बस्नेतको निर्देशनमा चन्द पक्राउ
बुटवल : आजभन्दा ७/८ महिना पहिला लेखेको फेसबुक स्ट्याटसलाई लिएर बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुध्द चन्दले सांसद् अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । बस्नेत बुधबार नेपालगञ्ज गएपछि उनलाई पक्राउ गर्न लगाएको बताइएको छ ।
त्यही स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-१८ का चन्दलाई पुस १४ गते राति पक्राउ गरिएको हो । गोर्खाज फाइनास्समा डिउटी बसेका चन्दलाई त्यहीबाट गिरफ्तार गरिएको चन्दको परिवारले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस बाँकेले एक विज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अवस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्तसँग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न उपसभापति राणाले माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया