अर्घाखाँचीमा थप एकको मृत्यु, कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो
अर्घाखाँची- कोभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हाे ।
११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।
अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया