सर्वोच्चमा विचाराधीन विषयमा बोल्नु गलत : चन्द्र भण्डारी
निर्वाचनमा जाने निर्णय सकारात्मक
बुटवल : नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्चमा विचाराधीन विषयमा बोलेर प्रभाव पर्न खोज्नु गलत भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्वप्रधानन्याधिसहरूले बोलेर गलत गरेको उनको टिप्पणी छ ।
विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरूले नै सर्वोच्चमा विचाराधिन प्रतिनिधि सभा विघटनका बारेमा विषयमा बोलेर खिल्ली उडाएको नेता भण्डारीको तर्क छ ।
सोमबार बुटवलमा आयोजिक कार्यक्रममा उनले सर्वोच्चले गर्ने फैसलालाई मान्नु पर्ने बताए । ‘संसद विघटन गर्न पाउने बारे अहिलेको संविधानमा कही पनि उल्लेख गरिएको छैन, त्यसैले संविधानमा रहेका अस्पष्टता बारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो’ उनले भने, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ ।
वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको उनले बताए । ‘करिब दुई तिहाइ बहुमतको सरकार बनाएको सत्तारुढ नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो’भण्डारीले भने ।
उनले सर्वोच्चको फैसलासंगै देशले एउटा निकास पाउने अपेक्षा पनि गरे । कि त चुनावको तयारीमा अघि बढ्छ देश कि त पुनस्थापना भएसंगै अर्को सरकारका लागि सदनमा प्रक्रिया सुुरु हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया