दाङको चप्पल गोदाममा आगलागी, पाँच जनाको मृत्यु
बुटवल- दाङको तुलसीपुर उपमहानगरपालिका-५ ङ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा परेर ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घरभित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए । 'सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौँ' डिएसपी अर्यालले भने । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया