अटेरी समूहबाट कोहलपुरमा अर्यालको उम्मेदवारी घोषणा
काठमाडौँ - कोहलपुरका पर्यटन व्यवसायी देवानन्द अर्यालले कोहलपुर नगरपालिका प्रमुखमा उठ्ने घोषणा गरेका छन् । उनले ‘अटेरी समूह’बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अर्याल भन्छन्, ‘कहिलेसम्म उनीहरु (नेता)ले भनेको मानेर बस्ने ? सबै अगतिलामात्रै आउने भए, त्यही भएर हामीले अब हस्तक्षेप गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएँ ।’
अहिले कोहलपुरमा अटेरी समूहबाट १५ वटै वडामा उम्मेदवारी दिने तयारी छ । सबै वडामा सकेसम्म प्यानल घोषणा गर्ने, नत्र कम्तिमा वडाध्यक्षमा उम्मेदवारी दिने तयारी रहेको अर्यालले बताए ।
पोखरा महानगरपालिकामा लेखक गनेस पौडेलले ‘अति भयो, अटेर गरौं’ भन्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि अहिले अरु पालिकामा पनि उम्मेदवारी घोषणाको क्रम जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया