लुम्बिनी

हुस्सुले भैरहवामा तीन दिनदेखि उडान अवरुध्द

इकागज |
पुस २९, २०७७ बुधबार १३:२१ बजे

बुटवल : बाक्लो हुस्सुका कारण भैरहवाको गौतमबुद्ध विमानस्थलबाट आइतबार यता कुनै उडान हुन सकेको छैन । हुस्सु र कुहिरोले भिजिबिलिटी कम हुँदा उडान अवरुद्ध भएको हो ।
 
उडानको लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ । भैरहवा काठमाण्डौ नियमित रुपमा दैनिक १२ उडान हुने गर्दछ । बुद्ध एयरको ७, यतीको ३, सौर्य र श्री एयरलाइन्सको एक एक उडान हुने गर्दछ  । आकास नखुल्दा कुनै पनि उडान हुन नसकेको हो । जसका कारण यात्रुहरू मर्कामा परेका छन् । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 



Author

थप समाचार
x