लुम्बिनी

दाङका १३ वडा कार्यालय भवनविहीन

इकागज |
फागुन १६, २०७८ सोमबार ६:१२ बजे

दाङ - दाङका ६ स्थानीय तहका १३ वटा वडा कार्यालय भवनविहीन छन् ।  स्थानीय तहमा जनप्रतिनिधि आएको ५ वर्ष पुग्नै लाग्दा पनि वडा कार्यालय अरूकाे भवनमा भाडामा बस्दै आएका छन् । दुई उपमहानगर, एक नगर र तीन गाउँपालिकाका १३ वडा कार्यालयका भवन अझै निमार्ण भएका छैनन् ।

घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, दंगिशरण र राप्ती गाउँपालिकाका १ वडा कार्यालय भवन विहीन छन् । ६ पालिकामध्ये सबैभन्दा बढी वडा भवन विहीन दंगीशरण गाउँपालिका रहेको छ भने सबै भन्दा कम तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिमा एक–एक वडा रहेका छन् ।


दंगिशरण गाउँपालिकाको १, २, ५ र ७ नम्बर वडा अझै भवन विहीन अवस्थामा छन् । चार ओटै वडाका भवन निमार्ण कै चरणमा रहेका छन् । घोराही उपमहानगरका तीन वडामा भवन छैन । ३, ११ र १३ नम्बर वडाको भवन निमार्णाधिन अवस्थामा रहेका छन् ।

त्यस्तै राप्ती गाउँपालिकामा दुई वडा कार्यालयको भवन निमार्णको क्रममा छ रहेको छ । वडा नम्बर ४ र ५ वडा कार्यालयको भवन निमार्ण कै अवस्थामा छन् । लमही नगरपालिकामा दुई वडा कार्यालयका वडा नम्बर ९ र ५ को भवन निमार्ण कै अवस्थामा छ । तुलसीपुरको वडा नम्बर १९ र राजपुर गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय निमार्णाधिन अवस्थामा रहेको छ ।


Author

थप समाचार
x