लुम्बिनी

बुटवलमा दाहाल-नेपाल पक्षको विरोध सभा, आलोचनापछि हटाइयो सोफा

इकागज |
माघ १५, २०७७ बिहीबार १४:५६ बजे

बुटवल : प्रतिनिधि सभा विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको नेकपाको दाहाल–नेपाल पक्षले बुटवलमा आज विरोध सभाको आयोजना गरेको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा हुन लागेको छ ।  सभाअगाडि चारैतिरबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ । सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । 

आलोचनापछि हटाइयो सोफा 


केही दिनअघि समूहले काठमाडौंमा वृहत् विरोध सभा गरेको थियो । विरोध सभामा मन्चमा आसिन नेताहरूका लागि भव्य सोफा राखिएको थियो । जसको व्यापक आलोचनासमेत भयो । काठमाडौंको विरोध सभामा राखिएका सोफाको व्यापक अलोचना भएपछि बुटवलको सभामा भने सोफा नराखिने भएको छ । अन्तिम समयमा आएर कार्यक्रमका लागि ल्याइएका सोफा हटाएर सामान्य कुर्सी मात्रै राखिएको छ।


Author

थप समाचार
x