कुकुरले लेखेटिरहेको हरिणको उद्धार
नेपालगञ्ज : कुकुरले लखेटिरहेको अवस्थामा बाँकेको जमुनाहबाट एक हरिणको उद्धार गरिएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित जमुनाहाबाट स्थानीयले हरिणको उद्धार गरेका हुन् ।
उद्धारपश्चात घटनास्थल पुगेको सशस्त्र प्रहरी बल नरैनापुरको टोलीले गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी हरिणलाई सामुदायिक वनमा लिएर छाडेको छ ।
गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरजप्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा उक्त हरिणलाई आइतबार दिउँसो छाडिएको स्थानीय अरुण यादवले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया