लुम्बिनी

अस्पतालमै गयो सुत्केरीको ज्यान

बिक्रम खड्का |
कात्तिक १४, २०७७ शुक्रबार १८:१ बजे

बुटवल : घरमा नयाँ सदस्यको आवगन हुने खुशीको कल्पना गर्दै अस्पताल गएकी गुल्मीको मदाने गाउपालिका की ३० वर्षीया गीता पुरीको सपना कहिल्लै पूरा नहुने गरी पुरिएको छ । गीतासंगै उनको पेटमा हुर्किरहेको शिशुको पनि पेट भित्रै मृत्यु भएको खवरले पूरै परिवार विछिप्त बनेको छ । प्रदेशकै धेरै विश्वास गरिएको र विशेषज्ञ चिकित्सक रहेको लुम्बिनी प्रादेशिक अस्पतालमै उनको मृत्यु भएको हो । 

अस्पतालको लाहपरवाहीले गीताको मृत्यु भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउँसोसम्म पनि शव बुझेका छैनन् । अस्पतालको लापरर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका छन् ।


दसैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बिहीबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए ।

केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमको भनाइ छ । बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले दावी गरे ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x