लुम्बिनी

कोभिड-१९ बाट बाँकेमा दुई जनाको मृत्यु

इकागज |
कात्तिक १५, २०७७ शनिबार २०:१९ बजे

नेपालगन्ज : बाँकेमा कोभिड-१९ बाट २ जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा दाङका दुई जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ । 

केन्द्रका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर–४ ७० वर्षीय बृध्द र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर-१८ का ७० वर्षकै बृध्द रहेका छन् । उनीहरूमध्य एक जनाको बिहान र एक जनाको दिउसो मृत्यु भएको हो । 


शनिवार बिहान मृत्यु हुने घोराही उपमहानगरपालिका वडा नम्बर-४ दाङका व्यक्ति कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको कार्तिक १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

यसैगरी स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर- १८ निवासी बध्दको कार्तिक १४ गते गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

दुबै एउटै उमेरका व्यक्तिहरुको उपचार गर्दा गर्दै शनिबार मृत्यु भएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार, बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
 
 


Author

थप समाचार
x