लुम्बिनी

विष्णु पौडेलको आह्वान : ‘टोलटोल, बस्तीबस्तीबाट चुनावको तयारीमा लाग्‍नुहोस्’

इकागज |
फागुन १, २०७७ शनिबार १८:१२ बजे

बुटवल : नेकपा (ओली पक्ष)का महासचिव विष्णु पौडेलले वैशाखमा हुने चुनावलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने दाबी गरेका हुन् ।

पौडेलले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उनको भनाई छ । 


‘म यहाँहरुलाई बताउन चाहान्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन’, उनले भने,‘म यहाँहरुलाई आग्रह गर्न चाहान्छु यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् ।’


Author

थप समाचार
x