लुम्बिनी

कोभिड-१९ का कारण दुई जनाको मृत्यु

इकागज |
कात्तिक १६, २०७७ आइतबार ८:८ बजे

नेपालगन्ज : बाँकेमा एकैदिन कोभिड-१९का कारण दुई जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा दाङका दुई जना ७० वर्षीय कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही उपमहानगरपालिका-४ दाङका ७० वर्षीय वृद्धको र दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ निवासी ७० वर्षीय कोभिड-१९ संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।


केन्द्रका अनुसार शनिवार बिहान मृत्यु हुने घोराही उपमहानगरपालिका-४ दाङका वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको कार्तिक १२ गते कोभिड-१९ परीक्षण गर्दा पोजिटिभ पाइएको थियो ।

यसैगरी स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ निवासी ७० वर्षीय वृद्धको कार्तिक १४ गते गरिएको पीसिआर परीक्षण्मा कोभिड-१९ कार्तिक १५ गते पोजिटिभ देखिएको थियो ।

दुवै एउटै उमेरका व्यक्तिहरुको उपचार गर्दा गर्दै मृत्यु भएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाहिरि जिल्लाबाट बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोभिड-१९ संक्रमितको संख्या १९ पुगेको छ ।
 
 


Author

थप समाचार
x