लुम्बिनी

व्यवस्थाप्रति विश्‍वास नभएकाहरू सडकमा गए : मुख्यमन्त्री पोख्रेल

इकागज |
फागुन ७, २०७७ शुक्रबार १८:२० बजे

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफैले ल्याएको व्यवस्थाप्रति विश्‍वास नभएकाहरू सडकमा गएको बताएका छन् । उनले लामो संघर्ष गरेर अहिलेको व्यवस्था ल्याएका राजनितिक दलहरू त्यहि व्यवस्थाको विश्‍वास नगरेर आन्दोलनमा गएको टिप्पणी गरे । 

प्रजातन्त्र दिवसका अवसरमा प्रदेश सरकारले गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अदालत, निर्वाचन आयोग जस्ता संस्थाहरूको विस्वास नगर्ने राजनीतिक दलहरू पछिल्लो परिर्वतनका विरोधी हुन् ।’


प्रधानमन्त्रीको कदम ठीक बेठीक के छ भन्ने कुराको संवैधानिक परीक्षण हुन बाँकी रहेको उनले बताए । ‘उक्त कदमलाई संवैधानिक परीक्षणपछि जनतामा लिएर जान सकिन्छ,’ उनले भने, ‘जनताले जसलाई स्वीकार गर्दछन् उही नै सही हो ।’
 
उनले नेपालका राजनीतिक दलहरू सबै राज्यका विद्रोही मात्र भएको बताए । उनले भने, ‘ दलहरू सबै विद्रोही हुनु हुँदैन, सबै अधिकारका लागि भन्दै आन्दोलन गरिनु उचित होइन, अव देशको समृद्धिका लागि पनि काम गर्नु पर्दछ ।’

मुख्यमन्त्री पोख्रेलले लुम्बिनी प्रदेशले देशमै सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले प्रदेश सरकार जस्तो मिलेर अन्य प्रदेश र सघमा पनि दलहरुले काम गर्नु पर्ने तर्क गरे ।


Author

थप समाचार
x